काठमाडौं–अभिनेता दिपकराज गिरीले अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभालाई लिएर भइरहेको विवादबारे बोलेका छन् । पशुपति कोटिहोम महायज्ञमा कथा वाचन गरेकी प्रतिभालाई लिएर सामाजिक सञ्जालमा कतिपयले विरोध जनाइरहेका छन् ।

अभिनेता गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकृया जनाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘भाषण र प्रवचन दुबैको काम मान्छे मन्त्रमुग्ध बनाउने हो । भाषण गरेर मन जीत्नेले सत्ता र भत्ता पाउँछ प्रवचन गर्नेले दक्षिणा !’ उनले सबैलाई मन जित्न तिर लाग्न सुझाव समेत दिएका छन् । 

OM Sai Pathibhara Hospital

अभिनेता गिरी आफ्ना बयानमा कारण समय समयमा चर्चामा रहने गरेका छन् । उनी विभिन्न सामाजिक मात्रै नभएर अन्य विषयमा पनि खुलेर आफ्ना कुरा राख्छन् ।