काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।