काठमाडौं–नेपाली बजारमा सुनको मूल्य तोलामा रु चार सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सयमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएर एक हजार सात सय ५० मा कारोबार हुँदैछ ।