काठमाडौं–वरिष्ठ गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन एको छ ।

‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो हजुर’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ लगायत दर्जनौँ कालजयी गीत गाएका नको ८८ वर्षको उमेरमा निधन भयो ।

OM Sai Pathibhara Hospital

दमक–१ स्थित आफ्नै निवासमा बिहीवार साँझ बेहोस भएका थिए । उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको परिवारले जानकारी गराएको छ । विसं १९९३ मा धनकुटामा जन्मिएक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो ।

उनी एक चित्रकार र अभिनेता पनि थिए । उनले विभिन्न नौवटा चलचित्रमा अभिनय गरेका छन् । विसं २०१३ मा उनको पहिलो गीत ‘नेपालको माया’ रेडियो नेपालमा रेकर्ड भएको थियो । उनले देशभित्र र प्रवासमा सयौँ पुरस्कार पनि पाएका थिए ।