काठमाडौं– सरकारले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले तयार पारेको नीतिको मस्यौदालाई अनुमोदन गर्न केन्द्रीय बैंकको बोर्ड बैठक बस्नेछ ।

OM Sai Pathibhara Hospital

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने उपायका साथ बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएको सन्दर्भमा कर्जा विस्तारका साथै निर्माण क्षेत्रलाई गतिशील तुल्याउन, सेयर धितो र घरजग्गा कर्जामा केही लचिलो बन्ने लगायत उद्योग–व्यवसायमैत्री मौद्रिक नीति आउँने अपेक्षा गरिएको छ ।

यस अघि गत शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएपनि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति सार्वजनिक गर्नबाट रोकिएको थियो ।