काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को पहिलो निर्णय कार्यान्वयनमा चासो देखाएक छन् । वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय सरकारले गरेको थियो ।

सोही विषयमा बिहीबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल ओलीले छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानन्त्री ओलीले त्रिविका उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षाध्यक्ष प्रा डा खड्ग केसी र रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालसँग उक्त रङ्गशाला निर्माणबारे छलफल गरेका हुन् ।

OM Sai Pathibhara Hospital

गत असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि ‘ल्फडलाइट’ र आवश्यक संरचना बनाउने सरकारको निर्णय छ । उक्त कामका लागि तीन सय दिनको समय सीमा निर्धारण गरिएको छ  ।

ओलीले भेटबारे जानकारी दिदैँ लेख्नुभएको छ, ‘आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्नको लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो। छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भयो।’