काठमाडौँ-  भुवन केसी दुईवर्षे कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डबाट बिदा भएका छन्। विकास बोर्डबाट उनी आज (बिहीवार) बिदा भएका हुन्। आज बोर्डमा उनका लागि बिदाइ कार्यक्रम राखिएको थियो। उनले आफ्नो कार्यकालमा फिल्म क्षेत्रका लागि धेरै काम गर्ने प्रयास गरेको बताए।

उनले काभ्रेको बनेपामा आधुनिक फिल्म स्टुडियो निर्माण प्रक्रिया आरम्भ गरेको, दोलखा फिल्म सिटीको अवधारणा अघि सारेको, बक्स अफिस प्रणालीको कार्यान्वयन गरेकोलगायत अन्य काम गरेको जानकारी दिए।

OM Sai Pathibhara Hospital

फिल्म क्षेत्रमा सरकारले केही लगानी नगरेको पनि उनको गुनासो थियो। मन्त्रिपरिषद्को बैठकको निर्णयसँगै २०७९ साल साउन ९ गते विकास बोर्डको अध्यक्ष पदमा केसी नियुक्त भएका थिए।