काठमाडौं-  धितोपत्र दोस्रो बजार मापक नेप्से ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो।

OM Sai Pathibhara Hospital

बिहीबार १४३ कम्पनीको सेयर मूल्य बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।

चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ ।