काठमाडौं–नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ । सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको हो । बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४५ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, हिजो प्रतितोला एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४४ हजार तीन सयमा किनबेच हुँदैछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । आज चाँदीको मूल्य एक हजार सात सय ५० निर्धारण भएको छ ।