काठमाडौं–आमा बन्नु महिलाको लागि संसारको सबैभन्दा सुन्दर अनुभूति हो । विशेष गरी यदि तपाईं पहिलो पटक आमा बन्दै हुनुहुन्छ भने त्यो अझ विशेष पल हो । बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पहिलो पटक आमा बन्न लागेकी छिन् र यो उनको लागि निकै विशेष क्षण हो ।

दीपिका आफ्नो स्वास्थ्यप्रति सधैं सचेत छिन् । उनी कसरत गर्छिन्, जिम जान्छिन् र कहिलेकाहीँ ब्याडमिन्टन पनि खेल्छिन् । उनी गर्भावस्थामा पनि आफ्नो फिटनेसको पूर्ण ख्याल राख्दै आएकी छिन् । हालै दीपिकाले आफ्नो इन्स्टाग्राममा एक पोस्ट साझा गरिन्, जसमा उनलाई ‘प्रसवपूर्व योग’ गरिरहेको अवस्थामा देख्न सकिन्छ । 

OM Sai Pathibhara Hospital

गर्भवती महिलाहरूले गर्भावस्थामा गर्ने योग अभ्यासलाई प्रसवपूर्व योग भनिन्छ । दीपिकाले क्याप्सन लेखेकी छिन्, ‘यस पोजिसनमा खुट्टा माथि राखेर सुत्दा र भित्तामा आराम गर्दा धेरै फाइदा हुन्छ । यसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउँछ । यस आसनको नाम विपरितकारणी आसन हो । गर्भावस्थाको समयमा, यो आसनले खुट्टाको सूजन, मांसपेशी दुखाइ र शरीरमा भारीपन महसुस गर्छ ।’

दीपिका मात्र नभई अनुष्का शर्मा, करीना कपूर, सोहा अली खान, नेहा धुपियाले पनि गर्भावस्थामा प्रसवपूर्व योग अपनाएका थिए । कुनै पनि गर्भवती महिलाका लागि ९ महिना हिमाल आरोहणभन्दा कम हुँदैन । त्यसैले यो समयमा आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुपर्छ । यसैले गर्भावस्थामा योग तपाईका लागि वरदान साबित हुन सक्छ ।