काठमाडौं–पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ ।

आजदेखि तीन वटै जिल्लामा खोप अभियान सञ्चालन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको हो ।

OM Sai Pathibhara Hospital

जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई  स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् ।  अभियान  १२ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जानकारी गराएको छ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने छ ।