काठमाडौं–  भारतसँगको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको हो ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो ।

OM Sai Pathibhara Hospital

नेपालले युएईलाई ६ विकेटले हरायो भने पाकिस्तानसँग नौ विकेटले पराजित भयो । भारतले नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्रै बनाउन सक्यो ।  भारतसँगै पाकिस्तान पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।