काठमाडौं–सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा सोमबार राति भएको खेलमा नेपाल कीर्गिस्तानसँग ३–० को सोझो सेटमा नेपालले हार व्यहोरेको हो ।

नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमाएको थियो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्ससँग खेल्नेछ ।