काठमाडौं–आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दररेट तोकेको छ । दररेट अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसामा भइरहेको छ । युरो पनि एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसाकायम गरिएको छ ।

त्यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसामा कारोबार भइरहेको छ । बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा कायम गरिएको छ । एक सय भारतीय रुपैयाँको खरिददर १६० रहेको छ भने बिक्रिदर मूल्य १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

OM Sai Pathibhara Hospital


Dollar Rate