काठमाडौं–कलाकारहरू अक्सर आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा रहन्छन् । बलिउड अभिनेत्री जान्हवी कपूरले पनि आफ्नो पहिलो प्रेमबारे बोलेकी छिन् । एक अन्तर्वार्तामा जान्हवीले आफू एकपटक मात्रै ब्रकअपबाट गुज्रिएको भनेकी छिन् । तर पछि त्यो मान्छे आफ्नो जीवनमा फर्केर आएको भन्दै अन्त्यमा सबै कुरा राम्रो भएको स्मरण उनले गरिन् । 


OM Sai Pathibhara Hospital

जान्हवीले आफू सानै उमेरमा महिनावारी हुँदा धेरै मुड स्विङ हुने गरेको पनि सम्झेकी छिन् । त्यसले उनको प्रेम सम्बन्धलाई पनि असर गर्यो । त्यसबारे उनले भनिन्, ‘म महिनावारी हुँदा हरेक महिना झगडा गरेर त्यो व्यक्तिसँग सम्बन्ध तोड्ने गर्थे । दुई दिनपछि, रोएर माफ गर्नुहोस् भन्थेँ अनि हामी सँगै हुन्थ्यौं । यो सबै धेरै भयो ।’  


हाल जान्हवी शिखर पहाडियासँग सम्बन्धमा छिन् । जान्हवी र शिखर उनी बलिउडमा आउनु अघिदेखि प्रेममा छन् । तर जब जान्हवी चलचित्र क्षेत्रमा आइन्, दुबैको ब्रेकअप भयो । तर पछि, दुवै फेरि सँगै आए । 


शिखर पहाडिया महाराष्ट्रका पूर्वमुख्यमन्त्री सुशील कुमार शिन्देका नाति हुन् । जान्हवी र शिखर एकअर्कालाई लामो समयदेखि चिन्छन् । केही समय साथी बनेपछि दुवैले एक अर्कालाई डेट गर्न थालेका हुन् । शिखर र जान्हवीको सम्बन्धको बारेमा निर्माता करण जोहरले कफी विथ करणको एक एपिसोडमा उल्लेख गरेका छन् ।


करणले जान्हवी र सारा अली खानसँग एक समय थियो जब यिनीहरू (सारा र जान्हवी) दुई वास्तविक दाजुभाइलाई डेट गर्थे। ती दुई दाजुभाइहरू अरू कोही होइनन्, देशका पूर्व गृहमन्त्री सुशील कुमार शिन्देका नाति शिखर र वीर पहाडिया हुन् ।