काठमाडौं– सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल आज कीर्गिस्तानसँग भिड्दैछ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो ।

सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्नेगरी मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो । अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्कका साथ शीर्षस्थानमा छ ।

OM Sai Pathibhara Hospital

दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दोस्रो हुँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो स्थानमा रहेको छ । लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल पनि आजै हुनेछ ।