काठमाडौं–रगत पातलो बनाउने औषधि गोमन सर्पको विषलाई प्रभावहीन बनाउन उपयोगी हुने रहस्य खुलेको छ ।

अस्ट्रेलिया, क्यानडा, कोस्टारिका र बेलायतका वैज्ञानिकहरूले हेपरिन नामक उक्त औषधि गोमन सर्पले टोक्दा सस्तो एन्टिडोट अर्थात् विषमारक औषधिका रूपमा प्रयोग गर्न सकिने बताएका हुन्।

OM Sai Pathibhara Hospital

सर्पको टोकाइका कारण ज्यान गुमाउने अधिकांश मानिस अफ्रिका, दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका विपन्न ग्रामीण बस्तीका हुन्छन् । भारत र अफ्रिकामा सर्पले टोकेका अधिकांश घटनाहरू गोमन सर्पसँगै सम्बन्धित हुन्छन् ।

गोमन सर्पको विषमा मानिसको शरीरका तन्तुहरू गलाउने वा मार्ने हानिकारक तत्त्व पाइन्छ । सोही तत्वलाई हेपरिनले निष्क्रिय बनाउन सक्छ । उक्त औषधि अरू सर्पको विषविरुद्ध भने प्रभावकारी नहुने वैज्ञानिकको दाबी छ । मुसामा सफल परीक्षण भइसकेको यो औषधि अब मानवमा गर्न बाँकी छ । एजेन्सीको सहयोगमा