काठमाडौं–एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको छ । श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनाएको थियो ।

सो लक्ष्य पछ्याएको पाकिस्तानले ११ दशमलव पाँच ओभरमा एक विकेट गुमाउँदै  पूरा गरेको हो । पाकिस्तानका लागि गुल फिरोजाले ३५ बलमा १० चौकाको मद्दतमा सर्वाधिक ५७ रन बनाइन् । 

OM Sai Pathibhara Hospital

नेपालको लागि कविताले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा ३१ रन बनाइन् । नेपालका लागि एक मात्र विकेट कविता जोशीले लिइन् । पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । समूह चरणको आफ्नो अन्तिम खेल आउँदो मंगलबार भारतसँग खेल्नेछ ।