काठमाडौं–एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तान खेल्ने भएका छन् । श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७:१५ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो ।

पाकिस्तान भने यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको हो । पनि पाकिस्तान पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्दैछ भने नेपाल लगातार दोश्रो जित निकाल्ने दाउमा छ । सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो, जुन खेल पाकिस्तानले जितेको थियो ।