ज्योतिषशास्त्रले तपाईंको जन्म कुण्डली अनुसार तपाईंको ग्रहफलको हिसाब गर्छ । जसले तपाईंको दैनिकी कस्तो वित्छ भन्ने पूर्वानुमान गरिन्छ । कुण्डली अनुसार सबै मिलान भएको तपाईंको राशि भए धेरै कुरा राशिको फलसँग मिलेको तपाईंले अनुभूत गरेको हुनुपर्छ । त्यस्तो नभए पनि राशिको संकेत हेर्ने सबैको इच्छा हुन्छ । यो हप्ता साउन ५ गतेदेखि ११ गतेसम्मको साप्ताहिक राशिको फल कस्तो छ ? 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

OM Sai Pathibhara Hospital

यो साता इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने र शुभ कार्यको योजना बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग सिन्दुरे वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य गर्दा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साताको सुरुका दिनमा रहनेछ । अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला । केही अप्ठ्यारा परिस्थितिको सामना पनि गर्नुपर्ला । मङ्गलवारबाट शुभकार्यको चर्चा चल्नेछ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ, तर खानपानमा विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरे राम्रो हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो सप्ताहमा स्वास्थ्यमा सुधार आउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । दैनिक कार्य र पढाइमा प्रगति नै हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । यो साताका लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो साता चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । शुभ कार्यको योजना बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सेयरको कारोबारमा फाइदा पनि बढ्न सक्छ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । खानपान र स्वास्थ्यप्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुने र गरेको कामबाट अधिक सफलता मिल्नेछ ।

सिंह ( मा, मि मु, मे, मो, टा, टि, टु, टे )

यो साता धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ । पुँजी बजारमा लगानीको अवसर आउनाले मन प्रसन्न रहनेछ र पछि फाइदा हुनेछ । साताको मध्यमा मानसिक चिन्ता बढ्नेछ । चोटपटकको भय पनि छ सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता लाभहानी, आयव्यय, सुखदुःख बराबरी खाल कै समय रहेको छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । साताको अन्त्यमा व्यस्तता बढ्नुका साथै स्वास्थ्यप्रति सजगता अपनाउनु होला । संक्रमण र अन्य रोगबाट बच्न साबुन पानीले राम्ररी हात धुनुहोला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता आँटेको र ताकेको कार्य पुरा होला । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पारिवारिक जमघट र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शेयर बजारमा गरेको लगानीले पनि राम्रो प्रतिफल दिनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग खैरो वा गुलाबी रङ्ग हो । शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

यो साता नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य र शिक्षा राम्रो हुने योग बनेको छ । सामाजिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्यारो साथी तथा आफन्तसँग समय बित्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो सप्ताह समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेममा मधुरता छाउला । आँटेको र ताकेको कार्य पुरा होला । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । स्वास्थ्य प्रति सजग रहनु होला । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग आकाशे हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता आँटेको काममा ढिलासुस्ती हुनसक्छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । स्वास्थ्यमा समस्या हुनसक्छ, त्यसैले सङ्क्रमणबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउन सहयोग गर्नु होला । बुधवारबाट साथी भाइको भेटघाटले मन प्रसन्न रहला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व दीनदुखी या असहायलाई सहयोग गर्नाले ग्रह पीडा कम हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो सातामा सोचेको आँटेको काममा फाइदा मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ, तर स्वास्थ्य प्रति चैं सावधानी अपनाउनुपर्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । मान प्रतिष्ठामा वृद्धि होला । विज्ञान र प्राविधिक कार्य अघि बढ्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका नयाँ स्रोत बढ्नेछन् । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

राशिको फल जे भए पनि तपाईं आफ्नो कर्ममा दृढ भएर लाग्नुहोस् सफलता तपाईंको हातमा रहनेछ ।

- ज्यो.प. नारायणप्रसाद दुलाल