काठमाडौं— नेपाल संस्कृत विश्वविद्यालयान्तर्गत वाल्मीकि विद्यापीठको शाङ्कर वेदान्त-विभागले भानुजयन्तीको पूर्वसन्ध्यामा भानुभक्तीय रचना वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

शाङ्कर वेदान्तविभागका विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौडिन्न्यायनको अध्यक्षतामा भएको कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल प्रमुख अतिथि र समसामयिक नेपाली साहित्यका कवि, समालोचक, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वप्राज्ञ प्रा. डा. देवी नेपाल विशिष्टातिथिको रुपमा सहभागी थिए । 

OM Sai Pathibhara Hospital

२११ ओैँ भानुजयन्तीका अवसरमा आयोजित-भानुभक्तीय रचना वाचन प्रतियोगितामा १८ जना विद्यार्थीहरूले भाग लिएका थिए भने २० जना प्राध्यापक विद्यार्थीहरूले अप्रतियोगीरूपमा भानुभक्तीय रचना तथा भानुभक्तसम्बद्ध स्वकीय कविता वाचन गरेका थिए। 

Balmiki2

प्रतियोगितामा टीका अधिकारी सर्वप्रथम हुन सफल भएका थिए भने सविना कोइराला द्वितीय, विप्लव अधिकारी तृतीय र याज्ञवल्क्य न्यौपाने प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका थिए । 

विजयी र सहभागीलाई सभाका प्रमुखअतिथि प्राचार्य प्रा.डा. भागवत ढकालको हातबाट प्रमाणपत्रसहित पुरस्कार वितरण गरिएको थियो ।

समारोहको प्रारम्भमा स्वागत मन्तव्य वेदान्तविभागकी (शास्त्री अध्ययनरत) छात्रा जुनू मल्लिकले राखेकी थिइन् भने अतिथि, प्रतियोगी, सहभागी र सहयोगी सबैलाई आयोजकका तर्फबाट वेदान्त विभागका सदस्य डा.चेतमणि न्यौपानेले आभारसहित धन्यवाद ज्ञापन गरेका थिए । 

Umesh_Ghimire

समारोहको सहजीकरण तथा उद्घोषण वेदान्त विभागकै सदस्य डा.उमेशप्रसाद घिमिरेले गरेका थिए ।