काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूले नेपालबाहेक कुनै पनि देशको नागरिकता वा पासपोर्ट नलिएको स्पष्टीकरण दिएकी छन् ।

सामाजिक सञ्जालमा भिडियो राखेर स्पष्टीकरण दिँदै उनले पोल्याण्डको नागरिकता नलिएको दाबी गरेकी छन् ।

OM Sai Pathibhara Hospital

आफ्नो श्रीमान पोल्याण्डको नागरिक भएको, तर आफूले त्यहाँको पनि नागरिकता नलिएको उनले बताइन् । मन्त्री श्रेष्ठले भनेकी छन्, ‘त्यसको प्रक्रिया समेत थाहा थिएन।’

उनले लेखेकी छन्,  'ट्याबलोइड सञ्चार माध्यममा सीमित रहदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु । आरोप आफैमा अस्पष्ट छ, कुन देशको पी आर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु ।'

उनले भनिन्, 'मैले भिडियोमा आफ्ना तर्कहरू राखेकी छु, हेर्नुहोला । आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्नुहोला । युरोपियन देशको पी आर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केहि प्रकाश पारिदिनुहुन्छ कि?'

पीआरका विषयमा प्रष्टीकरण दिँदा शिक्षामन्त्रीले के के भनिन् ? यो भिडियो हेर्नुहोस् ।