काठमाडौँ- पोर्चुगिस टिमलाई लागेको थियो, यो पटक युरो कप जितिन्छ। किनकि, यसपटक पोर्चुगिम टिमसँग भेट्रान खेलाडी क्रिष्टियानो रोनाल्डो र पेपे छन्।
३८ वर्षमा हिँड्दै गरेका रोनाल्डो र ४२ वर्षीय पेपे मैदान उत्रदैथिए। र, पोर्चुगिस टोलीलाई यो पनि थाहा थियो, यो नै अन्तिम युरोकप खेल्दैछन्। यसपटक पोर्चगलका लागि केही राम्रो पनि भयो, रोनाल्डो सबैभन्दा धेरै युरो खेल्ने खेलाडी कहिए। उनी लगालग युरो ६ संस्करण खेल्ने खेलाडी हुन्।
यता, पेपे सबैभन्दा पाका खेलाडी। सुरुवाती चरण पोर्चुगलका लागि फलदायी नै रह्यो। फरवार्ड लाइन पनि उत्कृष्ट थियो। इंग्लिस टिममा भिजेका बर्नान्डो सिल्भा र ब्रुनो फरनान्डेजको साझेदारीले पोर्चुगललाई तयमा ल्याएको थियो।
भलै, रोनाल्डोका लागि सुरुबाटै सफल युरो हुन सकेन। किनकि, उनी गोलविहीन बने। उनले अहिलेसम्म एक गोल लगाएका छन्, त्यही पनि पेनाल्टीमा। यही कारण पनि रोनाल्डो स्तब्ध बने। यति मात्र होइन, उनले पेनाल्टीमा चुके।
यसले झनै रोनाल्डोलाई मर्माहत बनायो। रोनाल्डोको सधै सदवाहर नायक हुन्। उनी विश्वकै उत्कष्ट खेलाडी हुन् भन्नेमा द्विविधा छैन। तर उनी लगालग राष्ट्रको जितमा चुक्छन्। यसअघिको विश्वकपमा पनि रोनाल्डोको टिम सेमिफाइनलमा पुगेन। त्यसैबेला पनि रोनाल्डोमाथि अनेक प्रश्न थिए।
उनी मैदानमा आक्रामक बनेको देखि आफ्नै टिममाथि जाइलागेको समेत आरोप लागे। अन्ततः रोनाल्डोको टिम हार्यो। रोनाल्डोलाई लाग्ने आरोप यही नै हो, उनी राष्ट्रका लागि खेल्न सक्दैनन्। यो आरोप लाग्ने क्रम अझै निरन्तर छ। उनै, रोनाल्डोले राष्ट्रबाहिर उत्कृष्ट लय पक्रन्छन्। लामो समय उनी स्पेनमा रहे।
रियल मेड्रिडमा रहँदा २ पटक लालिगा जिताउन सफल भए। उनी युरोकपमा पनि जितविहीन त छैनन्। एकपटक जिताएका छन्। तर संन्यासअघि उनी पोर्चुगलले उपाधि जितेको देख्न चाहन्थे। तर यो सपना पूरा भएन। उनी यसपटक पेनाल्टीमा समेत चुके। स्लोभाकियासँगको खेलमा पेनाल्टीमा रोनाल्डो चुके।
निर्णायक खेल मानिने सोही खेलमा पेनाल्टी चुक्दा रोनाल्डोले आशु खसाले। तर अन्तिममा खेलमा फर्किए। रोनाल्ढोसँग अब कीर्तिमानभन्दा ट्रोल बढी भएका छन्। उनलाई पछिल्लो समय मिस्ट्यानो पेनाल्डो भनेर आरोप लगाएका विषय पनि बाहिरिएका छन्।
यति मात्र होइन, उनलाई अब संन्यास लिन पनि सुझाव आउन थालेका छन्। युरोपेली फुटबलमा कलम चलाउने पत्रकार सिन वाल्स भनेका छन्, अब पोर्चुगल टिम रोनाल्डोमा भर पर्नु नहुने बताउँछन्।
‘साच्चै रोनाल्डो अब करियरको उत्कर्षमा छैनन्। उनको करियर ओरालो लाग्न थालेको धेरै भइसक्यो। अब रोनाल्डो उबेलाको रोनाल्डो रहेनन्।’






































