काठमाडौं— भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै क्यानाडा कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज बिहान भएको खेलमा निर्धारित ९० मिनेटको खेल एक/एक को बराबरी भएपछि पेनाल्टी सुटआउट भएको हो । पेनाल्टी सुटआउटमा क्यानाडा ४–३ गोलले विजयी भयो ।

OM Sai Pathibhara Hospital

क्यानडाका सालोमन रोन्डन र भेनेजुएलाका ज्याकब शेफलबर्गले समान एक गोल गरेका थिए । कोपा अमेरिका फुटबलमा क्यानडा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।

भेनेजुएला सन् २०११ मा सेमिफाइनलसम्म पुगेको थियो । शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगिसकेको छ ।