IMG-20240407-WA0002 3

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।कामको चाप बढ्नेछ। दैनिक कामले खानपानमासमेत समस्या हुनसक्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट पर्याप्त नाफा हुनेछ। साथीसँगको सम्बन्धमा समस्या हुने देखिन्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।हर्ष बढ्नेछ। सामान्य श्रमबाट उन्नति हुने दिन छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परोपकारका अवसर प्राप्त हुनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।समय अनुकुल छ। साथीले गलत बाटो छोड्न दबाब दिनेछन्। मनमा परोपकारको भावना जागृत हुनेछन्। आज बनाएको योजनाले दीर्घकालसम्म काम दिनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दिन रमाइलोसँग बित्नेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।मन उदास हुनेछ। अशान्ति बढ्नेछ। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। लगानी र श्रमका क्षेत्रमध्य स्वास्थ्यमा फाइदा हुनेछ। खर्च बढ्ने योग छ। भएको सम्पत्ति संरक्षण गर्दै दैनिकी चलाउनु राम्रो हुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।लामो समय रोकिएका काम बन्नेछन्। प्राविधिक शिक्षाको क्षेत्रमा भएको श्रमबाट नाफा हुनेछ। वैदेशिक क्षेत्रको आकर्षण बढ्नेछ। राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।भौतिक सम्पत्ति जुटाउने दिन छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। बौद्धिक क्षेत्रका साथीले दिएको सुझाव मान्नु उपयुक्त हुन्छ। आफन्तसँग सत्य कुरा नगर्दा मन भारी हुनेछ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।काममा ढिलासुस्ती हुनसक्छ। थोरै बोल्नु राम्रो हुनेछ। शिक्षाको लगानीबाट मन खुशी हुनेछ। परिवारको रचनात्मक सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।बौद्धिक व्यक्तिसँगको भेटले दैनिकी सहज बन्नेछ। नकारात्मक कुराले मन दुःखी हुनेछ। लगानीको क्षेत्र सबल बन्नेछ। परिवारसँग दिन रमाइलोसँग बित्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।आज दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक र बौद्धिक गुरुको सुझाव लिने अवसर मिल्नेछ। आमाबाट आर्शिवाद लिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नाले दिन रमाइलो बन्नेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शेयर कारोबारबाट राम्रो आम्दानी हुने दिन छ। परिवारबाट लिएको सल्लाहले दैनिकी सहज बन्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।घरभित्रको विवादले सताउने छ। लगानीका क्षेत्रमासमेत विवाद हुनेछ। आज गरेको लगानी श्रममध्ये वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा फाइदा मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।मन अशान्त हुनेछ। व्यवहारमा झन्झट आइपर्ने देखिन्छ। गुरुको सुझावले नयाँ योजना बन्नेछ। शिक्षाको लगानीबाट नाफा हुनेछ। बल भन्दा बुद्धिले काम बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।