काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले स्पिनर सन्दीप लामिछानेलाई खेलाडी केन्द्रीय वर्गीकरण (सेन्ट्रल कन्ट्राक्ट)मा राख्ने निर्णय गरेको छ।

बिहीबार काठमाडौंमा बसेको बोर्ड बैडकले सन्दीपलाई ए ग्रेडमा राख्ने निर्णय गरेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका छन्।

OM Sai Pathibhara Hospital

क्यानले बोर्ड बैठकमा गरेको निर्णयहरू केही समयमा सार्वजनिक गर्ने चन्दले जनाए। बलात्कारको मुद्दा लागेसँगै सन्दीप २०७९ माघदेखि क्यानको खेलाडी वर्गीकरणमा थिएनन्।