काठमाडौं— अन्तिम खेलमा जितको बाबजुद कोस्टारिका कोपा अमेरिकाको समूहचरणबाटै बाहिरिएको छ।

क्वू टू स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा समूह डी को अन्तिम खेलमा कोस्टरिकाले पाराग्वेलाई २-१ गोलअन्तरले पराजित गरेको हो। 

OM Sai Pathibhara Hospital

जितसँगै कोस्टरिकाले तीन खेलबाट चार अंक जोड्यो। कोस्टरिका समूहमा तेस्रो भयो। यो समूहबाट कोलम्बिया विजेता र ब्राजिल उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरे। पाराग्वे जित र अंकविहीन रह्यो।

पहिलो हाफको सात मिनेटभित्रै फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले गोल गर्दै कोस्टरिकालाई अग्रता दिलाएका थिए। ५५औं मिनेटमा रामोन सोसाले गोल गर्दै पराग्वेलाई २-१ को स्थितिमा ल्याएका थिए। तर, त्यसपछि खेलमा गोल हुन सकेन।