काठमाडौं— सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ४२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । 

महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।