काठमाडौं— साविक विजेता इटाली युरो कप २०२४ को अन्तिम १६ बाटै बाहिरिएको छ । 

गएराति बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्डले २–० गोलले पराजित गरेसँगै इटाली अन्तिम १६ बाटै घर बाहिरिएको हो । 

OM Sai Pathibhara Hospital

स्विट्जरल्यान्डका रेमो फ्रिउलार र रुबेन भार्गासले एक–एक गोल गरे । स्विट्जरल्यान्डले क्वाटरफाइनलमा इङ्ल्यान्ड र स्लोभाकिया बीचको खेलको विजेतासँग खेल्नेछ ।

यसैबीच घरेलु टोली जर्मनी युरोकप २०२४ को क्वाटरफाइनलमा पुगेको छ । अन्तिम १६ को खेलमा डेनमार्कलाई २–० गोलले पराजित गर्दै जर्मनी क्वाटरफाइनलमा पुगेको हो ।

जर्मनीले क्वाटरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । अन्तिम १६ का खेलअन्तर्गत आजराति इङ्ग्ल्यान्ड र स्लोभाकिया तथा स्पेन र जर्जिया खेल्नेछन् ।