काठमाडौं—  जर्मनी युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहानको सकिएको प्रिक्वार्टरफाइनलको खेलमा डेनमार्कलाई २–० गोलले हराउँदै जर्मनी क्वार्टरफाइनल यात्रा तय गरेको हो ।

जर्मनीका काइ हाभर्ट्ज र जमाल मुयियालले एक–एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३औँ मिनेटमा जर्मनीका हाभटर्जले सुरुवाती गोल गरेका थिए ।

OM Sai Pathibhara Hospital

यसैगरी ६८औँ मिनेटमा जमालले गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर बनाए । त्यसपछि दुवै टोलीबाट थप गोल नहुँदा जर्मनी २–० गोलले विजयी भयो ।

यो जितपछि अब जर्मनीले क्वार्टरफाइनलमा स्पेन र जर्जियाको विजेतासँग खेल्नेछ । पराजित भएको डेनमार्क प्रतियोगिताबाट बाहिरिएको छ ।