काठमाडौँ- ‘कमेडी च्याम्पियन’ को तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन्। 

शनिबार साँझ भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन्। उनले २५ लाख नगदसहित सीजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार लगायतका अन्य पुरस्कार पाएका छन्।

OM Sai Pathibhara Hospital

फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले हुँदा सेकेन्ड रनरअप नवलपुरकी सुयाशा खनाल भइन्। फस्ट र सेकेन्ड रनरअपले भने एकरएक वटा स्कुटर पुरस्कार पाएका छन्।