काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन तथा नतिजा प्रकाशनका लागि छुट्टै शैक्षिक तालिका तयार गरेको छ । 

सोही तालिका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुनेछ । 

OM Sai Pathibhara Hospital

यसअघि एसईई सञ्चालन हुनुभन्दा एक वा दुई महिनाअघि मात्रै तालिका सार्वजनिक हुने गरेको थियो । 

सार्वजनिक कार्यतालिका अनुसार परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने भएको छ ।  

बोर्डका अनुसार कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम छपाइ र वितरण २०८१ कात्तिक १ देखि कात्तिक मसान्तसम्म गरिने छ । 

त्यस्तै कक्षा ९ को रजिस्ट्रेसन र कक्षा १० को परीक्षा आवेदन फाराम भराउने २०८१ कात्तिक २६ गतेदेखि पुस ७ गतेसम्म हुने बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।