काठमाडौं— स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला दुई हजार सात सयले रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा कारोबार भएको थियो । आज प्रतितोला एक लाख ४२ हजार निर्धारण भएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएकामा आज प्रतितोला एक लाख ४१ हजार तीन सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।