IMG-20240407-WA0002 3

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। निर्णय क्षमता कमजोर बन्दा अवसर गुम्ने जोखिम हुनसक्छ। आफन्तबाट असहयोग हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।समय रमाइलो छ। खेलकुद क्षेत्रमा मन जानेछ। मनोरञ्जन क्षेत्रले समय लिनेछ। घरजग्गामा लगानी भए मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

 IMG-20240326-WA0001 4

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।समयको सदुपयोग नगरे पश्चाताप हुनेछ। लगानीका अवसर धेरै छन्। स्वदेशमा स्वविवेकले गर्ने लगानीले उत्साह बढाउने छ। पारिवारिक क्षेत्रमा रमाइलो भेटवार्ता हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।तपाईंको कामको आलोचना गर्ने सक्रिय छन्। पूर्वाग्रहीसँग सचेत बन्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट उत्साहजनक परिणाम प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।समय रमाइलो छ। आज बनाएका योजना दीर्घकालीन हुने देखिन्छ। माया गर्ने र साथ दिने धेरै भएकाले समयको सदुपयोग गर्नु राम्रो हुन्छ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाम र दाम मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ। समय राम्रो छ। अरुलाई तर्साएर आफ्नो स्वार्थ पूरा गर्ने दिन छ। लगानी भए स्वास्थ्यबाट लाभ र शिक्षाबाट नाफा गर्ने दिन छ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम रहेको छ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ।दिन सफल बन्नेछ। प्राविधिक शिक्षाको माध्यमबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक साथ र सहयोग प्राप्त हुनेछ। आज बल र पहुँच भन्दा बुद्धी र कलाले काम गर्नु राम्रो हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।आज धनलक्ष्मी योग परेको दिन छ। समयको सदुपयोग गर्नु राम्रो हुन्छ। समयलाई अवमूल्यान नगर्नु राम्रो हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। लगानीका अवसरमध्ये प्राविधिक शिक्षाबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।बोलीको प्रभावले राम्रो काम बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त होला। समाजसेवाको अवसर प्राप्त हुनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।सामय सामान्य छ। आफन्तबाट असहयोग हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने जोखिम देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा ठुलो लगानी नगर्नु राम्रो हुन्छ। परिवारले शंका गर्ने दिन छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। लामो समयदेखि रोकिएको काम बन्नेछ। लगानी भए व्यापारमा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। जसले गर्दा मनमा उत्साह बढ्नेछ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।खर्च बढेर जानेछ। आफन्तबाट अपमानित हुनुपर्ने हुनसक्छ। थोरै बोलेर धेरै काम गर्नुपर्ने हुनसक्छ। बिहानै धार्मिक कार्यमा संलग्न हुनु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।