काठमाण्डौ  ।  आज शुक्रबारदेखि २ नेपाली फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘दान्भी’ र ‘आचार्य’ । फ्राईडे रिलिज अन्तर्गत एकसाथ आएका यी दुई मध्य ‘दान्भी’ नयाँ फिल्म हो, भने ‘आचार्य’ १३ वर्ष अगाडिको एक पटक प्रदर्शनमा आइसकेको फिल्म हो । फिल्मले दर्शकको साथ राम्रो पाउने अपेक्षा दुवै फिल्मका निर्माताहरुले गरेका छन् ।

IMG-20240326-WA0001 2

OM Sai Pathibhara Hospital

‘दान्भी’ अभिनेत्री पूजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिएको फिल्म हो ‘दान्भी’ । रूपेश तामाङ निर्देशित फिल्ममा पूजाको अलावा कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको अभिनय छ । पवन राना मगर कार्यकारी निर्माता, देव मगर तथा अनुप गडाल निर्माता रहेको फिल्मको कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता हुन् । सन्जोग राणाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन रहेको फिल्ममा कविराज गहतराजको नृत्य छ । फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गरेको हो ।फिल्मको शुक्रबार प्रेस शो समेत आयोजना भएको थियो । 

‘आचार्य’ १३ वर्ष अघि नै निर्माण भएर पनिप्रर्दशनमा आएको फिल्म हो । स्वर्गिय गायक भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले फिल्म फेरि प्रदर्शनमा ल्याइएको हो । सिल्क रोड पिक्चर्सले निर्माण गरेको फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्य थप गरिएका छन् । फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य, अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन काकीलगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।प्रशान्त रसाइलीले निर्देशित फिल्म रोशन राईले निर्माण गरेका हुन् ।