काठमाण्डौ । वाणिज्य बैंकहरूले असार महिनामा निक्षेपको ब्याजदर थपघट गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन् । मुद्दति निक्षेपको औसतमा ०.१२ प्रतिशत विन्दुले ब्याजदर घटेको हो। IMG-20240417-WA0001 6

नेपाल इन्भेस्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नेपाल बैंक, सिद्धार्थ र प्रभु बैंकले असारमा पनि व्यक्तिगत मुद्धति निक्षेपको सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् । कृषि विकास बैंकको सबैभन्दा न्यून ५=६६ प्रतिशत र एभरेस्ट बैंकको ५=७५ प्रतिशत ब्याजदर छ। हिमालयन बैंकले असारमा बढाएर ८=२५ प्रतिशत ब्याजदर पुर्‍याएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै, नबिल बैंकले ७ प्रतिशत पुर्‍याएको छ। माछापुच्छ्रे बैंकले मुद्दति निक्षेपमा ब्याजदर बढाएर ७=५ प्रतिशत बनाएको छ। प्राइम, सानिमा, सिटिजन्स, एनएमबी, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, कुमारी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन्।