काठमाण्डौ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले नेपालले दोस्रो खेल श्रीलंकासँग खेल्दैछ । IMG-20240326-WA0001

अमेरिकाको लाउडरहिलमा बिहान ५ः१५ देखि शुरु हुनुपर्ने खेल वर्षाका कारण शुरु हुन सकेन । लगातार ठूलो वर्षा भएका कारण खेलमा अवरोध भएको हो । टससमेत पनि हुन सकेको छैन । तर अहिले वर्षा भने रोकिएको छ । केही बेरमै टस हुने बताइएको छ । 

OM Sai Pathibhara Hospital

यसअघि पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको थियो । सुपर एटमा पुग्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । श्रीलंकाले यसअघिका दुवै खेल हारिसकेकाले कमजोर आँकिएको छ । आज नेपाललाई इतिहास रच्ने अवसर छ । 

टी–२० विश्वकपमा ३ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । २ खेलबाट २ अंकको बंगलादेश दोस्रो स्थानमा रहेको छ भने २ अंकको नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । नेपाल १ खेलबाट शून्य र श्रीलंका २ खेलबाट शून्य अंकसहित चौथो र पाँचौँ स्थानमा छ । यो खेल जित्दा नेपाल पनि सुपर एटको होडमा रहने छ । हार्दा भने सम्भावना कमजोर बन्नेछ । 

वर्षाले खेल रद्द भएका खण्डमा नेपालले एक अंक बटुल्ने हुनाले सुपर एटको सम्भावना कायमै रहने छ । तर बाँकी रहेका दुवै खेल जित्नुपर्ने हुन्छ । नेपालले श्रीलंकासँग अमेरिकामै तथा दक्षिण अफ्रिका र बंगलादेशसँग वेष्ट इन्डिजमा खेल्नेछ ।