काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले टी-२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई  उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन् ।IMG-20240417-WA0001 4राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रतिनिधि मण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको उनको सचिवालयले जनाएको छ ।राष्ट्रपतिले सम्पूर्ण नेपाली साथमा रहेको  भन्दै उच्च मनोबलका साथे मैदानमा उत्रिएर नेपाली झण्डा विश्व समुदायबिच फहराउने विश्वास व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

उनले नेपालले खेल्ने खेल सम्पूर्ण नेपाली विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास व्यक्त गरेका छन् ।