काठमाण्डौ । वेस्ट इन्डिज र अमेरिकामा भइरहेको आइसिसी टी-२० विश्वकपको नवौँ संस्करणको विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रुपैयाँ बढी) पाउने भएको छ।IMG-20240417-WA0001 4२० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। सो फाइनलमा पराजित हुने टोलीले १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त  गर्नेछन्। 

प्रतियोगिताको कुल पुरस्कार राशि ११.२५ मिलियन डलर रहेको छ। 

OM Sai Pathibhara Hospital

सुपर–८ बाट बाहिरिने चार टोलीले ३ लाख ८२ हजार डलर प्राप्त गर्नेछन्। यस्तै नवौँ, १०औ, ११औँ र १२औँ स्थानमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार प्राप्त गर्नेछन्। यस्तै १३औँ देखि २०औँ स्थानमा रहने सहभागी टोलीले २ लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।प्रत्येक टोलीले सेमिफाइनल र फाइनल बाहेक प्रत्येक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर प्राप्त गर्नेछन्।  

प्रतियोगितामा नेपाल समूह ‘डी’ छ। नेपालले प्रतियोगिता खेल्नुअघि नै कम्तिमा २ लाख २५ हजार अमेरिकी डलर (झन्डै ३ करोड रुपैयाँ) पाउने पक्का भइसकेको छ। यस्तै एक खेल जिते थप ४१ लाख रुपैयाँ बढी प्राप्त गर्नेछ।