FB_IMG_1712697028167 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। समय रमाइलो छ। मित्रले सहयोग गर्नेछन्। रमाइलो गर्ने नाममा खर्च बढ्ने देखिन्छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। आफ्नै बोलीको फन्दामा पर्ने जोखिम देखिन्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। अधिकारका नाममा आफन्तसँग प्रतिवाद हुने जोखिम देखिन्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीले झगडा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

 IMG-20240417-WA0001 5

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।बौद्धिक क्षेत्रमा गरेको मेहनत सफल हुनेछ। शिक्षाको क्षेत्रबाट हौसला बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। विश्वास गरेको मित्रबाट परिवारमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। झुटो आरोप लाग्नसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्धक सुमधुर बन्ने योग छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ। तपाईंसँग अपेक्षा गर्ने धेरै मानिस भएकाले सामाजिक बन्नुपर्ने बाध्यता देखिन्छ। विदेशमा गरेको लगानी भन्दा देशभित्र वैकल्पिक पेशा गरेर रमाउन सक्नुहुन्छ। स्वास्थ्यका क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। समाज र परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ। अधिकारको उपयोग गर्ने दिन हो। लगानीका क्षेत्र धेरै छन्। हिम्मत गर्नुभयो भने शिक्षा क्षेत्रमा सबैभन्दा बढी फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने शंका बढ्ने जोखिम छ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। ठुलो योजना सफल हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ। मन अशान्त हुनेछ। लगानीका क्षेत्रबाट भने उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला। दिन राम्रो छ। सिर्जनात्मक बन्नुहुनेछ। तपाईंको उत्साह देखेर साथीहरुले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँग मेलमिलाप बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ। बोलीमा सुधार गर्नुपर्ने समय छ। लगानीका क्षेत्र राम्रा छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सामान्य विवादले उग्र रुप लिने जोखिम देखिन्छ। साथीसँग बोल्दा सचेत हुनु राम्रो हुन्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि पारिवारिक वातावारणमा समय बित्न सक्छ । विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन्। साढेसाती दशा चल्दै छ। जसले गर्दा परिवारमा झगडा हुने जोखिम हुन्छ। शनिदेव अनुकल भएमा ठुला काम बन्नेछन्। परिवारमा मेलमिलाप हुनेछ। जन्मकुण्डली हेरेर ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला। भौतिक सम्पत्ति जम्मा गर्ने दिन छ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा गणेशको भजन सुन्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा प्रशांसा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।