FB_IMG_1712697028167 6

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

OM Sai Pathibhara Hospital

बन्न लागेको काम अचानक बिग्रन सक्ने योग भएकोले आजको दिन विशेष योजना गोप्य राख्नुहोला । घरेलु समस्याले सताउने र नियमित कार्यमा समेत अवरोध हुन सक्छ । अर्काको काममा समय बित्न सक्छ । चुनौतीका बाबजुद आत्मविश्वास चाहिँ बढ्ने योग छ । रोकिएको काम अघि बढ्ला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

शुभदायी दिन छ । सामान्य प्रयास या परिश्रमबाट पनि अरुको विश्वास जित्न सकिनेछ । अधुरा काम बनी मन हर्षित हुने समय छ । आम्दानी राम्रै हिसाबले बढ्नेछ भने नयाँ योजनाहरु पनि बन्न सक्नेछन् । पठनपाठनमा प्रगति होला । धनलाभ हुने र सामाजिक प्रतिष्ठा बढ्ने योग छ । आँट र आनन्द वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ ।IMG-20240326-WA0001 7

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

आजको दिन कामहरु सजिलै बन्नेछन् । भौतिक साधन जुट्ने र नउठ्ने रकम उठ्ने समय छ । जाँगर बढेर मन प्रफुल्ल रहला । प्रेम प्रसङ्गमा सफलता मिल्नेछ । फलदायी यात्रा होला । रसरागको भाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ । शत्रु परास्त हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन केही चुनौतीयुक्त रहला । जोखिममा नपर्नु बेस हुनेछ । छरछिमेकमा विवाद या झगडा हुनसक्ने योग छ, सावधान रहनु हितकर होला । इर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने गलत विचार बढ्ने देखिन्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । आलस्यता छाउने समय छ । प्रेमभाव बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज शरीरमा खासै जाँगर पैदा नभएपनि व्यापारमा सफलताले मन रमाउने दिन छ । जागिरमा हुनेलाई आलश्यले सताउनेछ । नयाँ काममा समयमात्र बित्नेछ र पनि धनलाभ हुने योग छ । सामाजिक कार्यमा मान सम्मान मिल्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यस्तता वृद्धि हुनेछ तर, बोलीकै भरमा महत्वपूर्ण काम सहज हुने समय छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । धार्मिक काममा मन जाला । हरेका कार्यका लागि उत्साहजनक दिन छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । पराक्रम र धन बढ्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

केही खर्च लागे पनि सोचेको काम बन्ने दिन छ । तर, सन्तान पक्षबाट भने खोजेजस्तो सहयोग मिल्ने देखिन्न । व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाला । मित्रजनको साथ-सहयोग रहनेछ । पराक्रम र आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिश्रमले आफ्नो लक्ष्य पूरा गर्न सकिनेछ, तर स्वास्थ्यप्रति विशेष सजग रहनुपर्ने समय छ । उपचारमा खर्च हुने योग छ, अन्य खर्च पनि कम गर्न विशेष मिहेनत गर्नु उचित हुनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ने देखिन्छ । सामर्थ्य वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने क्षमता कायम रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आय वृद्धि हुने समय छ । नयाँ कामको अवसर मिल्ला । विभिन्न अवसरले पछ्याउनेछन् भने स्वास्थ्यस्थिति पनि राम्रो रहला । कामको जाँगर बढ्नेछ । मिष्ठान्न भोजन जुर्नेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आँटे-गरेका काम सम्पन्न भइ धनलाभ हुने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ला । कमाइ बढ्नाले सुख वृद्धि हुनेछ । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । नियमकानूनले साथ दिनले दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भाग्योदयको समय छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ भने यात्राको लागि एकदम राम्रो दिन छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । साथीभाइसँग भेटघाट होला । रोकिएका कामहरू बन्नेछन् । धनलाभको योग छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

समय त्यति राम्रो छैन, गलत विचार बढ्नाले समयमा सही निर्णय गर्न नसकिएला । सोचेअनुसार काम बन्न कठिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा ब्यहोर्नुपर्ने सम्भावना भएकोले विशेष सावधान रहनु हितकर होला । प्रतिकुलतामा पनि आफन्तको साथ मिल्नेछ ।