IMG-20240407-WA0002 4

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

दिन राम्रो छ। धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। साथीभाइ दाहिना छन्। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्र अब्बल छन्। खर्च कटौती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दिन मध्यम छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।सुरुवात गरेको काम सफल बन्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नती हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सम्पत्ति अप्ठेरो ठाउँमा पुग्ने भएकाले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

IMG-20240326-WA0001 6

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक मानिसँग भेट हुनेछ। धेरै तर्क नगर्नु राम्रो हुन्छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सामाजिक क्षेत्रमा झुटा आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। सुरुवात गरेको काम बन्नेछ। प्राप्त उपयुक्त सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनु आवश्यक हुन्छ। आफैंले निर्णय गर्ने भन्दा आफू भन्दा ठुलाको सल्लाह लिनु उपयुक्त देखिन्छ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रोगले छोड्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। साथीबाट सहयोग मिल्नेछ। अधुरा काम सफल बन्नेछन्। डुब्न लागेको धन उठ्नसक्छ। सोचेको ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ। शिक्षामा गरेको लगानीबाट उन्नति हुने देखिन्छ। दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। परिवारले तपाईंको भावना नबुझ्नाले मनमा खटपटी हुनेछ। व्यापारमा फाइदा हुनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ रोगको सिकार बन्नुपर्ने देखिन्छ। रोगलाई प्रतिवाद गर्न खानपानमा विशेष ख्याल गर्नुहोला।शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। शिक्षामा गरेको लगानीले फाइदा गर्नेछ। असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ।श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा विवाद हुने भएकाले सचेत हुनु राम्रो हुन्छ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

झुटा आरोप लाग्न सक्छन्। अनावश्यक खर्च बढ्नसक्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीबाट श्रम उठ्नेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ।दिन सामान्य छ। ठुलो काममा भुलेर पनि धान नलगाउनु राम्रो हुन्छ। धेरै नबोल्नु राम्रो हुनेछ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्नेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग भने राम्रो रहनेछ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ। घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। जानकार व्यक्तिलाई सोधेर काम गर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा तनाव हुने देखिन्छ। आज लगानीको क्षेत्रमा हात नहाल्नु राम्रो हुन्छ। धर्मकर्ममा मन जानेछ।