काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट एकै दिनमा ५ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले एक दिनमा ५ अर्ब निक्षेप बैकिङ प्रणालीबाट बाहिरिएको जनाएको छ । ६१ खर्ब ४३ अर्ब निक्षेप रहेकोमा एकै दिनमा घटेर ६१ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ ।IMG-20240326-WA0001 3

ऋण प्रवाह पनि एक दिनमा ५ अर्ब रुपैयाँले घटेको छ । ५१ खर्ब १२ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा एकै दिनमा घटेर ५१ खर्ब ९ अर्ब कायम भएको केन्द्रिय बैंकले जनाएको छ ।

OM Sai Pathibhara Hospital

योसँगै अन्तरबैंक कारोबार पनि ३ प्रतिशत तल झरेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको हिस्सा ५४ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाको ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । सिडि रेसियो ८० प्रतिशत छ ।