Screenshot_2023_0804_060223

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

OM Sai Pathibhara Hospital

राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ।

 IMG-20240326-WA0001

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँकार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुशन्धानमा सकारात्मक नतिजा हात लगाउँन सकिने हुनाले शरिरका थप उर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मियताको विकास हुनेछ भने घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्वन्ध स्थापना गर्न सकिनेछ । धर्म कर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्धा मामिला आई लाग्न सक्छ काम गर्दा ध्यान दिनु जरुरि देखिन्छ । बैक तथा बित्तिय सस्थामा गरीएको लगानी बाट सन्तोषजनक नाँफा हुनेछ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनीति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाइनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आकस्मिक धन तथा सम्पती लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिठ्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेकोछ । तरपनि पैत्रिक घर जग्गामा गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढि नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्य हरुसँग विवाद बढ्ने योग रहेकोछ भने आफन्तहरु टाडिनेछन् । व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आत्मिय मित्र तथा सहयोगिको सहयोग नपाउदा थालेका कामहरु बिचमा छोड्नु पर्ने हुनसक्छ । व्यापार व्यावसायमा समय दिन सकिने छैन भने सोचेजस्तो आम्दानी नहुदा दैनिक खर्च जुटाउन मुस्किल पर्नेछ । समय प्रतिकूल बन्नेछ भने यहिबेलामा आय आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । प्रेम प्रशङगमा चिसोपनले जरा गाड्नेछ ख्याल गर्नुहोला।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आर्थिक व्यावस्थापन तथा रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सहि तरिकाले बाडफाड गर्न नसक्दा कामहरु थाती रहनेछन् । पैत्रिक धन तथा सम्पतीमा बिवाद आउने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरु फक्रन नपाउँने हुनाले मन दुखी हुनेछ । अरुकै पछी लागेर हिड्नाले उपलव्धी नहुने तथा आफ्ना कामहरु थाती रहनेछन्।