काठमाडौं  । आज  बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ। चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षाको तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ।

बोर्डले चैत १५ गतेदेखि सुरु हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका २ लाख ५० हजार सात सय ७२ छात्रा, २ लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसईई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

माध्यमिक शिक्षा परीक्षा एसईईका लागि सबै तयारी पूरा भएको बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आज १५ चैतबाट सुरु हुने परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

IMG-20240326-WA0000 1

कक्षा ११ मा भर्ना हुन ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने

यो वर्षदेखि विद्यार्थीले न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने व्यवस्था गरिएको छ । ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ यो वर्षदेखि कार्यान्वयनमा आएको विद्यार्थीले प्रत्येक विषयको सैद्धान्तिकमा ३५ प्रतिशत अङ्क ल्याउनै पर्ने बताए ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान थियो । यो वर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको परीक्षा नियन्त्रक पौडेलले बताए ।FB_IMG_1711587565895