काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेस गरिने भएको हो । 

आज  बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीतिसम्बन्धि, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको थियो । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले महामन्त्री थापालाई दबाब दिइरहेका छन् ।