काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागमा केही सदस्यको मनोनयनसँगै जिम्मेवारी हेरफेर गरेको छ ।

आइतबार बसेको सचिवालय बैठकले पवन देवकोटालाई केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतारालाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य, भोजराज क्वालिटीलाई केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई मानव अधिकार विभागको सदस्य र दीपक विश्वकर्मालाई केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारी दिएको हो ।

OM Sai Pathibhara Hospital

कर्णाली प्रदेशमा वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

अभियानमा संसदमा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकता साथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।