काठमाण्डौ  ।   मेथीमा भिटामिन सी, डी, पोटाशियम, क्याल्सियम र फाइबर जस्ता पोषक तत्व पाइन्छन् । जो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । यस्तोमा मेथीको पानीको सेवनले शारीरिक समस्या कम गर्दछ ।

स्वास्थ्य विशेषज्ञका अनुसार मेथीको पानीमा एन्टीब्याक्टेरियल तथा एन्टीअक्सीडेन्ट गुण पाइन्छन् । मेथी पानी तयार गर्न रातभर आधा चम्चा मेथी एक गिलास पानीमा भिजाउनुहोस् । बिहान उठेर खाली पेट उक्त पानी पिउनुहोस् । साथमा छानेको मेथी दानालाई टुसा उमारेर पनि खान सकिन्छ ।

मेथी पानीमा पाइने फाइबरले पाचन प्रणालीलाई एकदमै फाइदा गर्छ । यसले कब्जियत, ग्यास तथा एसिडिटी जस्ता पाचन सम्बन्धी समस्याबाट राहत पाइन्छ । भिजेको मेथी मुटुका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवनले कोलेस्ट्रोलको स्तर नियन्त्रणमा रहन्छ । जसले मुटुसम्बन्धी समस्याको खतरा पनि कम हुन्छ ।

मेथीमा पाइने भिटामिन सी र डी जस्ता पोषक तत्वले छालालाई स्वस्थ बनाउँछन् । नियमित रुपमा भिजेको मेथीको पानी पिउनाले अनुहारमा भएका दागधब्बा र डन्डीफोर पनि कम हुन्छन् ।

मेथीको पानीले तौल कम गर्न पनि सहयोग गर्छ । नियमित बिहान खाली पेट मेथी पानी पिउँदा शरीरमा सुगरको मात्रा पनि नियन्त्रित रहन्छ । त्यसैले यो मधुमेहका समस्या भएका व्यक्तिका लागि पनि यो फाइदाजनक हुन्छ ।

केवल आधा चम्चा मेथिको दानाको सेवानले पाउनुहुनेछ यि १० चमत्कारीक फाईदाहरु :-

१- मेथिदनाको नियमित सेवनले पुरुष तथा महिलामा हुने बांझोपनको समस्या कम गर्दछ । यसले पुरुसको स्पर्म काउन्ट र क्वालिटी पनि राम्रो हुन्छ भने महिलाहरुमा डिम्बको उत्पादन र एबजर्सनको क्षमता पनि बृदि गर्दछ ।

२- किड्नी स्वस्थ राख्छ:

मेथिदानाको सेवनले शरीरबाट विषाक्त पदार्थ निकालेर किड्नीलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।

३-ग्यास्ट्रिकको समस्या कम गर्छ :

मेथिदनाको नियमित रूपमा सेवनले ग्यास्ट्रिक समस्याबाट बचाउँछ । यसले पेट पोल्ने र एसिडिटीको समस्या कम हुन्छ ।

४-मधुमेह नियन्त्रण :

मेथिदानामा पाईने सोल्यूबल फाइबर्स ब्लड शुगरलाई नियन्त्रण गरी डायबिटीजको खतरालाई घटाउँछ । यसले मधुमेहको जटिलता कम गर्दछ ।

५-हर्ट अट्याकबाट बचाउँछ :

मेथिदनामा पाईने गेलाक्टोमेनन र पोटाशियम BP नियन्त्रण र हर्ट अट्याकबाट बचाउन मद्दत गर्छ ।

६-स्वस्थ पाचन प्राणली:

भिजाएको मेथिदनाको सेवनले डाइजेशनमा सुधार आउँछ । कब्जियत लगायत अन्य समस्यालाई हटाउन मद्दत गर्छ ।

७-स्वस्थ त्वचा :

मेथीदानाको सेवनले शरीरबाट विषाक्त पदार्थलाई निकालेर त्वचालाई स्वस्थ बनाउँछ । खटिरा-बिबिरा, डन्डीफोर जस्ता समस्याबाट बचाउँछ ।

८-कालो एवम् बाक्लो कपाल :

दिनहुँ बिहान नियमित रूपमा भिजाएको मेथिदाना खाँदा कपाल चाँडो सेतो हुँदैन । कपाल झर्ने समस्या पनि रोकिन्छ ।

९-पाइल्सको समस्या कम गर्छ :

मेथीदानाको सेवनले डाइजेशनमा सुधार ल्याउँछ, जसले कब्जियत र एसिडिटीको समस्याबाट छुटकारा दिलाउँछ । यसले पाइल्सको समस्याबाट मुक्ति दिन्छ ।

१०-पिसाब सम्बन्धि समस्यामा उपयोगी :

मेथिदानाको सेवनले बढी पिसाब लाग्ने वा यूरिन इन्फेक्शन जस्ता समस्यालाई कम गर्न मद्दत गर्छ ।