काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वचन फागनु २९ गते हुने भएको छ । राष्ट्रियसभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि उक्त पद रिक्त हुँदैछ । त्यसैले नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ ।