काठमाण्डौ  ।  बनेपाको भैंसेपाटिमा एक यात्रुवाहक बस दुर्घटना भएको छ ।  पनौतीबाट काठमाडौँ आउँदै गरेको बसले विपरीत दिशाबाट आइरहेको बसलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन्।  FB_IMG_1706803311780

OM Sai Pathibhara Hospital

काठमाडौँ आउँदै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बा प्र-०१-००६ ख २९९७ नम्बरको मयूर बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि सिरमेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ। पाँचखाल नपा-६ की २४ वर्षीया नवीना दनुवार र नमोबुद्ध नपा-५ की २० वर्षीया करुणा भुजेलको उपचार भइरहेको छ।FB_IMG_1706803320745

जिल्ला काभ्रे नमोबुद्ध नपा-३ की ३६ वर्षीया वाङ्जु लामा‚ उनकी ११ वर्षीया छोरी फुर्सङ लामा र ९ वर्षीय छोरा समर्पण लामा दाहिने सामान्य उपचारपछि घर फर्किएका छन्।बस र बसचालक इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको छ।